देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल
घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए । उनले प्रदेश सरकारले व्यवसायिक क्षेत्रका लागि सबै जग्गामा मास्टर प्लान बनाउने बताए । यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताए ।
उनले देउखुरी प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताए । साथै उनले देउखुरीमा दोस्रो फेवातालको विकास गर्ने योजना बनाइएको समेत बताए । उनले पालिकाहरुलाई पूर्वाधार निर्माणकालागि धेरै खर्च नगर्न समेत अनुरोध गरे ।
कार्यालयले प्रदेश स्थायी राजधानीको संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ । अहिले अस्थायी राजधानी बुटवलबाटै राजधानीको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण