देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए । उनले प्रदेश सरकारले व्यवसायिक क्षेत्रका लागि सबै जग्गामा मास्टर प्लान बनाउने बताए । यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताए ।
उनले देउखुरी प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताए । साथै उनले देउखुरीमा दोस्रो फेवातालको विकास गर्ने योजना बनाइएको समेत बताए । उनले पालिकाहरुलाई पूर्वाधार निर्माणकालागि धेरै खर्च नगर्न समेत अनुरोध गरे ।
कार्यालयले प्रदेश स्थायी राजधानीको संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ । अहिले अस्थायी राजधानी बुटवलबाटै राजधानीको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?