रौतहटमा लागु औषधसहित एक युवक पक्राउ
रौतहट । प्रतिबन्धित लागू औषध ट्याबलेटसहित रौतहटमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय चपुर र लागुऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकबाट बिहीबार साँझ उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका ४ का शेरबहादुर कुश्वारा रहेका छन् । उनलाई लागुऔषध ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको हो । कुश्वारबाट बा ९३ प ८६१ नंम्बरको पल्सर मोटरसाईकल समेत बरामद भएको छ । उनको साथमा दुई हजार एकसय नाईट्रोभेट नामको लागुऔषध ट्याबलेट फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
कुश्वारलाई लागु औषध र मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । उनलाई रौतहट जिल्ला अदालतबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण