रियल छाडेर युनाइटेड जाँदै रामोश ?
सर्जियो रामोश रियल म्याड्रिड छाडेर प्रिमियर लिगमा आउन तयार रहेको बेलायती पत्रिका मिररले दाबी गरेको छ । स्पेनिस महारथीसँगको करार नविकरणसम्बन्धी वार्ता असफल भएपछि रामोश आगामी जुलाइमा ‘फ्रि ट्रान्सफर’ का लागि उपलब्ध हुने पत्रिकाले जनाएको छ ।
अहिले रामोश स्पेनबाहिरको क्लबसँग कुरा गरेर पूर्वकरार सहमती गर्नका लागि तयारी गरिरहेको र उनको एजेन्ट रेने रामोशले प्रिमियर लिगलाई लक्ष्य बनाएको बताइएको छ, विशेष गरेर म्यान्चेस्टर युनाइटेडलाई ।
स्पेनका डिफेन्डरलाई पेरिस सेन्ट जर्मेन र एसियाबाट अफर आए पनि उनको परिवार त्यहाँ जान तयार नरहेको कारण उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइन्छ ।
तर, प्रिमियर लिगमा पनि थोरै मात्र क्लबहरु रहेका छन् जो उनको तलबको मागलाई पुरा गर्न सक्छन् । ३४ वर्षीय रामोशले हाल हप्तामा २ लाख पाउन्डभन्दा बढी आम्दानी गर्छन् । रियलले त्यसमा १० प्रतिशत कम गर्न आग्रह गरेपछि उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।
स्रोतलाई उद्धृत गर्दै पत्रिकाले रामोश म्यान्चेस्टर सिटी र लिभरपुल जान हाल कठिन रहेको बताए पनि कुनै क्लबको सम्भावनालाई नकार्न नसकिने बताएको छ । त्यस्तै, पूर्व म्यानेजर कार्लो एन्चेलोटी रहेको क्लब एभर्टन पनि रामोशलाई भित्र्याउन इच्छुक रहेको बताइन्छ ।
रामोशले ५ ला लिगा तथा चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने एक विश्वकप र दुई युरो कप पनि उनको पोल्टामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण