सुशान्त सिंहका भाइमाथि गोली प्रहार
आइतबार, १८ माघ २०७७, ११ : ४२
एजेन्सी । भारतको बिहारमा दिवंगत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ ।
शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो ।
राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् ।
गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् ।
सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।
गोली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण