ओलीले देशलाई संकटतिर धकेलेः भीम रावल
आइतबार, १८ माघ २०७७, १७ : ४६
कैलाली । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप लगाएका छन् । आज प्रचण्ड–नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले संविधान मिचेर सरकारको विस्तार र प्रतिनिधि सभाको विघटन गरी देशलाई संकटतिर धकेलेको बताए ।
नेता रावलले प्रतिनिधिसभा जीवितै रहको उल्लेख गर्दै लोकतन्त्रमा बहुमतको निर्णयलाई संवैधानिक निकायले ग्रहण गर्नुपर्ने बताए । उनले आफुहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको उल्लेख गदै ४४१ जना केन्द्रीय सदस्य बाहेक अरु नभएको स्पष्ट पारे । नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध धनगढीमा जनताले जवाफ दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण