सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले देशलाई संकटतिर धकेलेः भीम रावल

आइतबार, १८ माघ २०७७, १७ : ४६
आइतबार, १८ माघ २०७७

कैलाली । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप लगाएका छन् । आज प्रचण्ड–नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले संविधान मिचेर सरकारको विस्तार र प्रतिनिधि सभाको विघटन गरी देशलाई संकटतिर धकेलेको बताए । 

नेता रावलले प्रतिनिधिसभा जीवितै रहको उल्लेख गर्दै लोकतन्त्रमा बहुमतको निर्णयलाई संवैधानिक निकायले ग्रहण गर्नुपर्ने बताए । उनले आफुहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको उल्लेख गदै  ४४१ जना केन्द्रीय सदस्य बाहेक अरु नभएको स्पष्ट पारे । नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध धनगढीमा जनताले जवाफ दिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप