मेस्सीको ६५० औँ गोलमा बार्साको जीत
लियोनेल मेस्सीले करियरको ६५० औँ गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औँ गोल थियो ।
तर, दोस्रो हाफको शुरुवातमा नै जोर्डी आल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । खेलको ७४ औँ मिनेटमा एन्टोनी ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए ।
जीतसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई गोलअन्तरमा उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । यद्यपि, शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सा र रियल १० अंकले पछि रहेका छन् ।
सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले पछिल्ला १० खेलमध्ये ८ मा जीत र दुईमा बराबरी गरेको छ ।

आइतबार नै भएको खेलमा एथ्लेटिको म्याड्रिडले क्याडिजलाई ४–२ गोलले पराजित गर्यो । एथ्लेटिकोको जीतमा लुइस सुवारेजले २, साउल निग्वेज र कोकेले एक–एक गोल गरे । क्याडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरेका थिए ।
दुई गोलसँगै सुवारेज ला लिगाको यो सिजनमा १६ खेलबाट १४ गोल गर्दै सर्वाधिक गोलको सूचीमा पहिलो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण