जसको भाग्य सलमान खानले लेखिदिए...
एजेन्सी । बलिउडका गडफादर भनेर चिनिने सुपरस्टार सलमान खानले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याइदिएका छन् । उनले थुप्रै नयाँ अनुहारलाई बलिउडमा स्थापित पनि गरिदिएका छन् ।
उनले सुपरस्टार ऋतिक रोशनदेखि डेजी शाहसम्मलाई बलिउडमा ल्याएर सफल बनाएका थिए ।
ऋतिक रोशन
बलिउडमा सुपरस्टार बनेका ऋतिक रोशनलाई यस उद्योगमा स्थापित गर्नका लागि सलमान खानले निकै कोसिस गरेका थिए । जसको कारण आजसम्म पनि ऋतिक रोशनलाई सलमान खानलाई धन्यवाद दिइरहन्छन् ।
अर्जुन कपूर
अर्जुनलाई पनि सलमान खानले नै बलिउडमा आउन उत्प्रेरित गरेका थिए । उनले अर्जुनको करियर बनाउन पनि निकै मेहनत गरे । उनले अर्जुनको शरीर सुगठित पार्न पनि निकै मेहनत गरे ।
हिमेश रेशमिया
हिमेशलाई पनि सलमान खानले नै बलिउडमा ल्याएका थिए । आज उनी हरेकको दिलको धड्कन बन्न सफल भएका छन् ।
जरिन खान
आफ्नो फिल्म 'वीर'मा नयाँ अनुहारको रुपमा सलमानले जरिनलाई लिएका थिए । सलमानले वीर फिल्मको कथा आफैले लेखेका थिए ।
डेजी शाह
सलमान खानको 'होम प्रोडक्सन' 'जय हो' मा नयाँ अनुहारको रुपमा डेजी शाहलाई लिइएको थियो । डेजी उक्त फिल्मबाट निकै चर्चित बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण