जसको भाग्य सलमान खानले लेखिदिए...

एजेन्सी । बलिउडका गडफादर भनेर चिनिने सुपरस्टार सलमान खानले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याइदिएका छन् । उनले थुप्रै नयाँ अनुहारलाई बलिउडमा स्थापित पनि गरिदिएका छन् ।
उनले सुपरस्टार ऋतिक रोशनदेखि डेजी शाहसम्मलाई बलिउडमा ल्याएर सफल बनाएका थिए ।
ऋतिक रोशन
बलिउडमा सुपरस्टार बनेका ऋतिक रोशनलाई यस उद्योगमा स्थापित गर्नका लागि सलमान खानले निकै कोसिस गरेका थिए । जसको कारण आजसम्म पनि ऋतिक रोशनलाई सलमान खानलाई धन्यवाद दिइरहन्छन् ।
अर्जुन कपूर
अर्जुनलाई पनि सलमान खानले नै बलिउडमा आउन उत्प्रेरित गरेका थिए । उनले अर्जुनको करियर बनाउन पनि निकै मेहनत गरे । उनले अर्जुनको शरीर सुगठित पार्न पनि निकै मेहनत गरे ।
हिमेश रेशमिया
हिमेशलाई पनि सलमान खानले नै बलिउडमा ल्याएका थिए । आज उनी हरेकको दिलको धड्कन बन्न सफल भएका छन् ।
जरिन खान
आफ्नो फिल्म 'वीर'मा नयाँ अनुहारको रुपमा सलमानले जरिनलाई लिएका थिए । सलमानले वीर फिल्मको कथा आफैले लेखेका थिए ।
डेजी शाह
सलमान खानको 'होम प्रोडक्सन' 'जय हो' मा नयाँ अनुहारको रुपमा डेजी शाहलाई लिइएको थियो । डेजी उक्त फिल्मबाट निकै चर्चित बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयकाे तयारी
-
प्रधानमन्त्रीसँग काठमाडौँ–तराई मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल
-
काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
-
जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित
-
गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीद्वारा उद्घाटन