सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको होः मन्त्री ढकाल
सोमबार, १९ माघ २०७७, १८ : ४२
मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट पारे। उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण