बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सलमान खानले छोडेपछि भंसालीलाई शाहरुखको साथ

मङ्गलबार, २० माघ २०७७, १२ : ०७
मङ्गलबार, २० माघ २०७७

बलिउडका दुई हस्तीहरु सलमान खान र सञ्जय लिला भंसालीको नयाँ फिल्म ‘इंशाअल्लाह’ मा अभिनेत्री आलिया भट्टसँग पहिलो पटक सलमान खान देखिने योजना थियो । तर, पछिल्लोपटक सलमान र सञ्जयबीच सम्बन्धमा ददार आएपछि  सलमानले सञ्जयको साथ छोडिदिए । 

भारतीय सञ्चार माध्यमले सुत्रलाई उल्लेख गर्दै सञ्जयले सलमान खानको सट्टामा शाहरुख खानलाई लिने निर्णय लिएका छन् । 

यो फिल्मको कथा प्रेमसम्बन्धमा आधारित हुनेछ । यसअघि पनि ‘डियर जिन्दगी’ मा एकसाथ देखिएका शाहरुख र आलियाको जोडी यस फिल्ममा पनि रुचाइने बताइएको छ । 

शाहरुख खानले सन् २०१९ मा नै दुई तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको र उक्त स्क्रिप्टबाट एउटा फिल्म छान्ने बताएका थिए । अहिले उनले ‘इंशाअल्लाह’ लाई छानेको स्रोतले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप