बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पारिश्रमिक नपाएको भन्दै श्रमिक हड्तालमा

मङ्गलबार, २० माघ २०७७, १७ : ००
मङ्गलबार, २० माघ २०७७

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन्  । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन्  । 

आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका हुन्  । 
गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भएपनि हालसम्म भुक्तानी नदिएको उनीहरुले भनाइ छ । 

एक श्रमिक प्रविन यादवले भने, ‘रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई भएन ।  आखिर आन्दोलनमै  उत्रिनु बाहेक विकल्प छैन  । ’ 
बक्यौता रकम भुक्तानी गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले श्रमिकका समस्याप्रति बेवास्ता गर्दै खेलावाड गरिरहेको श्रमिकहरुको गुनासो  छ।  
उनीहरुले  आयोजनाको कार्यालय अगाडि सोमबारदेखि चरणबद्ध हड्ताल शुरु गरेका हुन् । 

इञ्जिनियर प्रदिप खनालले ११ महिनासम्म पनि रकम नपाउँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।। उनले भने, ‘काम त प्रभावित भएको छैन । यद्यपी, हामीले आन्दोलन भने जारी राखेका छौँ।’
यता आयोजना प्रमुख हरिनारायण यादवले भने यो विषयमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया नदिइ फोन राखिदिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप