त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
बिहीबार, ३२ असार २०८३, १६ : २७
सारांश
- नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
- त्रिशूलीमा हाम फाल्ने विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती हुन् ।
- प्रहरीको टोलीले बेपत्ता भएका मग्रातीको खोजी गरिरहेको छ ।
काठमाडौँ । नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक जना युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब १ बजेर १० मिनेटमा विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूलीमा हाम फालेका हुन् ।
नयाँ पुलबाट हाम फालेर बेपत्ता भएका मग्रातीको खोजी भइरहेको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए । उनको खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । हाम फाल्नुको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्नेन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण