पाकिस्तानमा कोरोना विरुद्धको खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ ।
सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् । करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ । तर सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित व्यक्ति र मृत्युको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।
सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरुले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ । अस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्स मार्फत सन् २०२१ को पहिलो छ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारले विश्वास लिएको छ ।
भारतले छिमेकी मुलुकहरुलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान रहेको छैन । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम