राजा रहने परम्परा पुनः स्वीकार गर्न सकिने मन्त्री श्रेष्ठको संकेत !
शिक्षा मन्त्री* कृष्णगोपाल श्रेष्ठले देशमा राजा रहने परम्परालाई पुनः स्वीकार गर्न सकिने संकेत गरेका छन् । नेकपाको केपी ओली पक्षले नारायणहिटी दरवार अगाडि बृहत जनसभा आयोजना गर्नु दुईदिन अघि श्रेष्ठले यस्तो संकेत गरेका हुन् ।
नेकपा ओली पक्षको वाग्मती प्रदेशले माघ २३ गते राजतन्त्रको आस्थाको केन्द्र मानिने नारायणहिटी दरबारको गेटमै आमसभा गर्न लागेको छ ।
मन्त्री श्रेष्ठले जननेता मदन भण्डारीको चर्चित भाषणको एक अंशको अडियो क्लिपसँगै उक्त जनसभाको प्रचारात्मक पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् । उक्त अडियो क्लिपमा भण्डारीले प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरे राजा रहने परम्परालाई कायम राख्न सकिने आशय व्यक्त गरेका छन् ।
उक्त अडियो क्लिपमा भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’
Posted by Krishna Gopal Shrestha on Tuesday, February 2, 2021
पछिल्लो समय नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनुपर्ने बहस चर्किरहेकै बेला सरकारकै मन्त्रीबाट यस्तो आशय व्यक्त भएको हो ।
*यसअघि शिक्षा मन्त्री हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण