जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुनसक्छः बाबुराम भट्टराई
बुधबार, २१ माघ २०७७, १७ : ४९
चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताएका छन् । जसपा चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।
अध्यक्ष भट्टराइले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए । उनले भने– ‘हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।’
उनले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको बताए । अध्यक्ष भट्टराईले पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण