प्रचण्ड–माधव पक्षको आमहड्ताल : ९३ जना पक्राउ, आधादर्जन बढी सवारीमा तोडफोड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् ।
त्यस्तै, देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको रातोपाटीलाई जानकारी दिए ।

गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता ९एसपी० सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् ।
त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ । यता, चितवन बा ३ ख ३९३, ना १ ख १४३५ र ना ८ ख ४४८० ट्रकको सिसा फुटाइएको छ ।
इलाममा पनि ट्रकमाथि तोडफोड गरिएको छ भने हेटौँडामा बा ७ ख ९२८० नम्बरको ट्रकको सिसा फुटाइएको छ ।
यता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । बसका रहेका यात्रु भने सकुसल रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण