कर्णालीका मुख्यमन्त्री पनि बन्दको समर्थन गर्दै सडकमा
बिहीबार, २२ माघ २०७७, १५ : ५०
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका छन् ।
नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर पार्टीको आह्वानमा भएको आमहडतालप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिका विरुद्ध आफुहरु सडकमा आउन विवश भएको मुख्यमन्त्री शाहीले बताए ।
मुख्यमन्त्री शाहीसहित प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढा लगायत पनि आमहड्तालको समर्थनमा सडकमा निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण