हर्ड इम्युनिटीतर्फ ?: काठमाडौँका आधा नागरिकमा एन्टीबडी बनेको विज्ञको दाबी
काठमाडौँका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टीबडी निर्माण भइसकेको दाबी विज्ञहरुले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरुको विश्लेषण छ ।
सक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टीबडी निर्माण भनिन्छ भने ५० प्रतिशत संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभर समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित सेरो प्रिभिलेन्स सर्भे गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् ।
‘हाम्रो अनुमानमा काठमाडौँमा करिब ५० प्रतिशत मानिस कोभिड संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’
सरकारले गत दसैँअघि देखि सातैवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिमिभलेन्स सर्भे गर्दा देशभरमा १३.९ प्रतिशतमा कोभिडविरुद्धको एन्टीबडी बनिसकेको अर्थात् उनीहरु जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण