प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
शुक्रबार, २३ माघ २०७७, १३ : ३२
बुटवल । प्युठान जिल्लामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानमा अनुसार दुर्घटनामा अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । घाइतेमध्ये चालक दशरत विश्वकर्मालाई उपचारका लागि बुटवल ल्याइएको छ भने अन्य ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण