शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्याक्सी चालकलाई नगद सहयोग

शुक्रबार, २३ माघ २०७७, १७ : १२
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आम हड्ताल पीडित ट्याक्सी चालकलाई सहयोग गरेका छन् । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार जलेको थियो, आमहड्तालका दौरान प्रदर्शनकारीहरुले गोंगबुमा उक्त ट्याक्सी जलाइदिएका थिए । 

श्रेष्ठलाई बिहीबारै समून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्, तिमल्सिना काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छन् । तिमल्सिनाकै पहल श्रेष्ठलाई नगद सहयोग गर्ने अभियान पनि सुरु भएको छ । सहयोग गर्न चाहनेले श्रेष्ठको लक्ष्मी बैंकस्थित खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप