ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल
अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार दरबारमार्गमा चिसो भूइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुक्कजुरुक उठेर उनका पक्षमा नारा लगाए ।
भाषणमा समृद्धि र समाजवादको कुरा गरिएपनि तीन किसिमका वर्ग छुटिट्ने गरी कार्यक्रमस्थल मिलाइएको थियो ।
भूइँमा थुचुक्क बसेका बसेका कार्यकर्ता थिए, जो गाडीमा रातबिरात यात्रा गरेर सभाकै लागि काठमाडौं आएका हुन् । अर्को वर्ग कुर्सीमा बस्ने थियो जहाँ मुख्यमन्त्री, मन्त्री र स्थायी कमिटी सदस्य थिए । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यका लागि पनि पहिलो लहरको छेउमा कुर्सी छुट्याइएको थियो । शाक्य कार्यक्रममा नपुगुन्जेलसम्म कुर्सी खाली नै थियो भने बस्ने खोज्ने विशिष्ट पाहुनालाई सुरक्षाकर्मीले रोके । मञ्चको सोफामा बस्ने अर्को वर्गको नेतृत्व स्वयम् प्रधानमन्त्रीले गरेको खबर कान्तिपुरमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण