भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार
स्थानीय सरकार (गाउँपालिका/नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् ।
हालसम्म २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । त्यसमध्ये काठमाडौँ महानगरले मात्रै १७ वटा समकक्षीसँग सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय वा मन्त्रालयसँग यसको यकिन आँकडा पाइँदैन ।
स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारको पूर्वस्वीकृति लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि नआउने गरेका कारण यससम्बन्धी कार्यविधि बनाउन थालिएको सो मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए ।
मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र अनुभव आदानप्रदान तथा नागरिक कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न थालिएको हो तर यस्तो सहयोग आदानप्रदान सीमित हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण