प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्ने कि सुचारु भन्नेमा नेकपाको दुई पक्षबीच विवाद
काठमाडौं । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ ।
सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको छ । परामर्श समितिको बैठक अघि ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच भएको छलफलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलगायतले आजको बैठक सुचना टाँसर स्थगित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड–माधव पक्षका सांसदहरु इन्द्रबहादुर आङवो, राजेन्द्रकुमार राई लगायतले बैठक कुनै हालतमा स्थगित गर्न नहुने र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेवल हुनुपर्ने बताएको सांसद आङबोले जानकारी दिए ।
‘मुख्यमन्त्री पक्ष आजको बैठक सूचना टाँसेर स्थगित गरौँ भनिरहेको छ तर हामीले मानेका छैनौँ । बरु आजको बैठक चलाएर अविश्वास प्रस्ताव टेबल भएपछि एकदुई दिन बैठक स्थगित गरेर त्यो बीचमा राजनीतिक सम्वाद गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो’, राईले रातोपाटीसँग भने, ‘सात गते सुरु भएको बैठक अझै स्थगित गर्नु राम्रो हुदैन ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले सहमतिका लागि दलहरुबीच छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण