बुद्धले तय गर्यो नयाँ नारा ‘समय यात्रुको, उडान हाम्रो’, अब दैनिक सय उडान
काठमाडौं । नयाँ जहाजको आगमनसँगै बुद्ध एअरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एअरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।
कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यसअनुसार बुद्ध एअरले दैनिक सय उडान तथा अवतरण गर्नेगरी तालिकासमेत बनाइसकेको छ । ‘बुद्ध एअरका मार्केटिङ ता सेल्स विभाग प्रमुख रुपेश जोशीलले अब दैनिक १०० भन्दा बढी उडान भर्ने बताए ।
‘समय यात्रुको ,उडान हाम्रो’ भन्ने नाराका साथ नयाँ उडान तालिका बनाएको जोशी बताउँछन् । हाललाई पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने जोशीले बताए । सँगै बुद्धले अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने जनाएको छ ।
यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्न सक्नेछन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् ।
थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।
बुध्द एअरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ ।
भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्ने बुद्धले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा