अभिनेत्री नीताको प्रश्न–‘पुरुष नारीलाई कमजोर र लाचार किन सम्झन्छ ?’
काठमाडौँ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाले सबैलाई चकित मात्र तुल्याएन, स्तब्ध समेत बनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालिसकेको छ । भागरथीको बिभत्स हत्यालाई विभिन्न राजनीतिक पार्टी, समाजसेवी लगायत सबैबाट घटनाको राम्रो अनुसन्धान हुनुपर्ने र दोषीलाई कानुनी कठघरमा उभ्याउन माग समेत गरिएको छ । हाम्रा कलाकर्मीले पनि बलात्कारीलाई चाँडो पक्राउ गरेर कडा भन्दा कडा कार्बाही गर्न सरकारसँग बिभिन्न माध्यमबाट आग्रह गरिरहेका छन् ।
यस्तैमा अभिनेत्री नीता ढुंगानाले नारीको सम्मान गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै नारीको अपमान होइन र सम्मान गर्न आग्रह गरेकी हुन् । ‘नारीकै कोखबाट जन्मिएर, नारीकै हातबाट हुर्किएर, नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् । तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’
उनले भागरथी हत्या प्रकरणको विषयमा आफ्नो विचार राख्दै अगाडि लेखेकी छन्– ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं ।’ हाल भोजपुरी फिल्म ‘माही’ मा अभिनयका लागि भारतको आगरामा रहेकी नीताले यस अगाडि विभिन्न पोष्टमार्फत नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा पनि चिन्ता व्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण