युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने
बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ ।
दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । त्यहाँबाट मल बुझेपछि नेपालसम्म आइपुग्न धेरैमा दुई हप्ता लाग्ने उनले बताए ।
उनले भने, “बङ्गलादेशले पैँचोमा नै मल दिने भनेको बेला नै हामीले ढुवानी कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले पनि मल तयारी अव‚थामा राखेको थियो तर सरकार–सरकारको बीचमा के कुरा नमिलेपछि पछि जीटूजी सम्झौतामार्फत यो मल ल्याउन लागेको होध्र त्यही भएर केही ढिला भएको छ ।”
भारतमा भन्सार प्रक्रिया पूरा गरी ढुवानी कम्पनीले जसरी त्यहाँको कारखानाबाट मल प्राप्त गर्छ, त्यसरी नै नेपाल पठाउने काम हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण