बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीन पुग्यो मंगलमा

बिहीबार, २९ माघ २०७७, १० : ३९
बिहीबार, २९ माघ २०७७

 

युएइको मंगल अभियानको यान 'होप'ले मंगलको आर्बिटमा प्रवेश गरे लगत्तै चिनिया मंगल मिसनको यान तियान्वेन-१ ले मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ। 

चीनका समाचार एजेन्सीले भने अनुसार तियान्वेन -१ ले हिजो फेब्रुअरी १०  बुधवारका दिन  साँझ ७ बजेर ५२ मिनेट (बीजिंगको समयानुसार ) जाँदा मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ।

झन्डै ७ महिने लामो यात्रा पछि २४० किलो तौल भएको तियान्वेन -१ ले मंगलको आर्बिटमा प्रवेश गरेको हो। यो चीनको पहिलो स्वतन्त्र मंगल मिसन हो। यसभन्दा पहिला चीनले रुसको सहयोगमा मंगल मिसन गरेको थियो जुन सफल हुन् सकेको थिएन।

चीनले आफ्नो पहिलो मंगल मिसनमै मंगल धरातल  टेक्ने महत्वाकांक्षी योजना बनाएको हो।

तियान्वेन -१ मा आर्बिटर,  ल्यान्डर  र रोभर रहेका छन्।  आर्बिटरको काम मंगल ग्रहको कक्षमा पुग्ने हुन्छ।  यसले माथिबाटै मंगल ग्रहको परिक्रमा गरी राख्छ। ल्यान्डर भने रोभरलाई लिएर मंगल ग्रहको धरातलमा ओर्लिने चेष्टा गर्छ।  यसरी ल्यान्डरले सफल अवतरण गरिसकेपछि ल्यान्डर भित्र रहेको रोभरले बाहिर निस्की मंगलको धरातलमा विचरण गर्नेछ ।

चिनिया अभियानको अर्बिटर  फेब्रुअरी महीनामै मंगल ग्रहको आर्बिटमा पुगे पनि यसको ल्यान्डरले भने मंगल अवतरण गर्न लामो प्रतीक्षा गर्ने तालिका रहेको छ।  चिनिया योजनामा ल्यान्डरलाई  मई महीनामा मंगल अवतरण गराउने  कार्यक्रम रहेको छ। चिनिया रोभरले मंगल  ग्रहमा ९० दिनसम्म विभिन्न वैज्ञानिक परीक्षण गरlरहने छ।

दुइ दिनकै अन्तरालमा मंगल पुग्ने तियान्वेन-१  दोस्रो यान बन्न पुगेको छ।  युएइको यान 'होप' २ दिन पहिला नै मंगलको कक्षमा स्थापित भइसकेको छ।  आउने २-३ दिन मै अमेरिकी मंगल मिसनको यान मंगलको कक्षमा पुगी अवतरणको प्रयास गर्नेछ।  अमेरिकी योजनाअनुसार यस अभियानको रोभर 'प्रिज्र्वेंस' ले फेब्रुअरी १८ मै मंगल अवतरण गर्नेछ। १९६० देखि थालिएको मंगल मिसनमा अहिलेसम्म झन्डै ६० अभियान प्रक्षेपित  भइसकेका छन्।  यसमा सबैभन्दा बढी अभियान अमेरिकाका रहेका छन्। अमेरिकाले यस दिशामा आफ्ना २९ अभियान र रुसले २२ अभियान सम्पन्न गरिसकेका छन्।

Title Photo: https://media.npr.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप