ओलीतिर गएकाहरु फर्कने क्रम बढ्दैछ: प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली विचार र राजनीति तथा विधि र प्रक्रियाको हिसावले पनि निरंकुशताको यात्रामा लागेकाले मुलुकमा राजनीतिक संकट पैदा भएको बताएका छन् ।
बिहीबार काठमाडौमा भएको प्रशिक्षण कर्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमा पनि लोकतन्त्रको अभ्यास नमानेकाले देश चलाउने कुरामा पनि लोकतन्त्रको अभ्यास विपरित गएको बताएका हुन् । ‘केपी राजनीति र विचार तथा विधि र प्रक्रियाको हिसाबले पनि निरंकुशतातिर गएकाले राजनीतिक संकट पैदा भएको हो’ प्रचण्डको भनाई छ ।
उनले पार्टीमा काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटन गरेँ भनेर ओलीले भनेर भ्रम छरेको बताए । उनले पार्टी एकताविरोधी ओली पक्ष चोइटिएर गएको भन्दै केपीले दिने गरेको भ्रम कमजोर हुँदै गएको बताए । ‘भ्रममा परेका साथीहरु उता गएकाहरु फर्कने क्रम बढ्दो छ । आज मात्रै पनि मैले एकजना सांसदसँग कुरा गरेको छ । त्यसकारण हामी एकताबद्ध भएर जाऔं हाम्रो जित सुनिश्चित छ’, अध्यक्ष प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण