अमेरिकामा दर्जनौं रिपब्लिकन अधिकारीले ट्रम्प विरोधी नयाँ पार्टी बनाउँदै
अमेरिकामा दर्जनौं पूर्व रिपब्लिकन अधिकारी एक ट्रम्प विरोधी तेस्रो पार्टीको गठन गर्ने तयारीमा रहेको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।
यो तेस्रो पार्टीको गठनको विषयमा भएको चर्चामा जो रिपब्लिकन अधिकारी समावेश छन्, तीमध्ये चार अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले यो रिपोर्ट तयार गरेको हो ।
रिपोर्टमा बताइए अनुसार यो एउटा ‘सेन्टर राइट’ दृष्टिकोण राख्ने पार्टी हुनेछ जसले अमेरिकाको लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेछ र सैद्धान्तिक रुढिवादको पालना गर्नेछ ।
रिपोर्टले हाल यसबारे निकै सुरुवाती स्तरमा कुराकानी भइरहेको जानकारी दिएको छ ।
रिपोर्टमा बताइए अनुसार शुक्रबार यसबारे कुरा गर्नका लागि १२० भन्दा बढी पूर्व रिपब्लिकन अधिकारीले एक जूम कल आयोजना गरेका थिए । यो बैठकमा ट्रम्पको कार्यकालको क्रममा भएको कानून व्यवस्था र लोकतान्त्रिक मूल्यको कथित अवहेलनाबारे चर्चा भयो ।
यो बैठकमा पूर्व राष्ट्रपति रोनाल्ड रिगन, जर्ज एच डब्ल्यू बुश, जर्ज डब्ल्यू बुश र ट्रम्प प्रशासनका अधिकारीको उपस्थिती रह्यो । साथै केही पूर्व राजदूत र रिपब्लिकन पार्टीका पूर्ण रणनीतिकार पनि यो बैठकमा समावेश भएका थिए ।
समाचार एजेन्सी रोयटर्सले केही अन्य नेताले पनि आफ्नो पहिचान सार्वजनिक नगर्ने शर्तमा रिपब्लिकन पार्टीबाट फुटेर नयाँ पार्टी बनाउनेबारे जानकारी दिएको बताएको छ ।
हाउस रिपब्लिकन कन्फरेन्सका चीफ पोलिसी डायरेक्टरसमेत रहेका तथा सन् २०१६ को राष्ट्रपति चुनावमा निर्दलीय उम्मेद्वारको रुपमा चुनावी दौडमा समावेश इवान म्याकमुलिनले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा भने, ‘मैले केही अन्य रिपब्लिकन अधिकारीसँग मिलेर यो जूम कलको आयोजना गरेको थिएँ र यो बैठकमा ती सबै व्यक्ति समावेश थिए जो रिपब्लिकन पार्टीमा डोनल्ड ट्रम्पको कब्जाको विषयमा चिन्तित छन् ।’
जानकारीका अनुसार यो बैठकमा ट्रम्पद्वारा लगाइएको चुनावी धाँधलीको आरोपहरु र त्यसपछि ६ जनवरीमा अमेरिकी संसदमा भएको हिंसाको विषयमा सर्वाधिक चर्चा भयो । यो बैठकमा केही रिपब्लिकन नेता डोनल्ड ट्रम्पको चुनावी धाँधलीको दाबीविरुद्ध थिए । यद्यपि, अहिलेपनि पार्टीको एउटा ठूलो वर्ग डोनाल्ड ट्रम्पप्रति बफादार रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण