तामझामका साथ ओली समूहको बुटवलमा आमसभा
नेकपा ओली समूहले शनिबार तामझामका साथ बुटवलमा आमसभा गर्न लागेको छ । कार्यक्रमलाई सफल बनाउन भन्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नेता कार्यकर्ताले कुनै कसर बाँकी राखेका छैनन् भने आमसभा खर्चिलो बन्ने देखिएको एक नेताले बताए ।
उसो त काठमाडौंमा भएको प्रचण्ड नेपाल पक्षको विरोधसभालाई चुनौती दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आमसभा कस्तो हुन्छ भनेर हेर्न बुटवलमा आउन भनेका थिए ।
प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि निकै खर्च गरेर प्रचार प्रसार गरिएको छ भने कार्यकर्ता तथा सर्वसाधारणलाई जिल्लाजिल्लाबाट बुटवल ल्याइएको छ ।
यस्तै सरकारी गाडीको दुरुपयोग भएको छ भने प्रचारप्रसारका लागि रुपन्देही नवलपरासी र कपिलवस्तु सम्मको रेडियो तथा टेलिभिजन प्रयोग गर्नुका साथै प्रत्यक्ष प्रसारण समेत गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण