३९ वर्षकी दिया मिर्जा दोस्रो विवाह गर्दै, पहिलो विवाह पाँच वर्ष चलेको थियो
बलिउड नायिका दिया मिर्जा भोलि (सोमबार) अर्थात् १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ ।
दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी बान्द्राको पाली हिल एरियामा बस्छन् । यी दुई केही समयदेखि डेट गरिरहेका छन् ।
सन् २०१९ मा साहिलसँग गरेकी थिइन् सम्बन्धविच्छेदः
दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन् । उनले सन् २०१९ मा श्रीमानसँग अलग्गिएको घोषणा गरेकी थिइन् । उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो । दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।
दिया मिर्जाको फिल्मी करियरः
दियाले सन् २००० मा मिस इन्डिया एशिया प्यासिफिकको ताज जितेकी थिइन् । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘रहना हे तेरे दिल मे’ बाट गरेकी थिइन् । उनलाई अन्तिम पटक फिल्म ‘थप्पड’ मा देखिएको थियो । हाल उनी तेलुगु फिल्म ‘वाइल्ड डग’ को सुटिङ गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण