‘नरहे यो जिन्दगी’मा रोशनी र संजयको रोमान्स
आइतबार, ०२ फागुन २०७७, १६ : १५
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायिका गंगा गजमेरको नयाँ गीत ‘नरहे यो जिन्दगी’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा शब्द गोपाल लोहार र संगीत मानसी किरणको रहेको छ ।
गीतको भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । जसमा रोशनी कार्की र संजय बिकको रोमान्स देख्न सकिन्छ ।
दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा उत्तर राना मगरको सम्पादन तथा निर्देशन रहेको छ ।
गायिका गजमेरले यस अगाडि ‘स्वरादी’, ’फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै गीत सार्वजनिक गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण