सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन

सोमबार, ०१ असार २०८३, १८ : ४६
सोमबार, ०१ असार २०८३

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेस गर्न निर्देशन दिएको छ । १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण ३ दिनभित्र पेस गर्न साेमबार निर्देशन दिएको हो ।

विभागले इजाजतपत्र प्राप्त सबै वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विगत तीन महिनामा स्वदेशी विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइएका कामदारहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा कामदार पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाको कार्यान्वयनको अवस्था बुझ्न विभागले यो विवरण माग गरेको जनाएको छ ।

विभागका अनुसार म्यानपावर कम्पनीहरूले कामदारको नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त मिति, गन्तव्य मुलुक, उडान भएको मिति र प्रयोग गरिएको विमानस्थल खुल्ने गरी तोकिएको ढाँचामा विवरण तयार पार्नुपर्नेछ ।

724605756_2007416749894877_3255981011686706430_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप