गुजरातका मुख्यमन्त्री भाषण गर्दागर्दै जब मञ्चमै बेहोस भएर ढले...
एजेन्सी । भारतको गुजरातका मुख्यमन्त्री विजय रुपाणी मञ्चमा भाषण गरिरहेका बेला बेहोस भएर ढलेका छन् । मुख्यमन्त्री रुपाणी आइतबार भाषण गर्दागर्दै बहोस भएर ढलेका हुन् । उनी त्यसबलो चुनावी प्रचारका क्रममा गुजरातको बडोदराको निजामपुरा पुगेका थिए । त्यहाँ आयोजित सभामा मन्तव्य राख्दा राख्दै मुख्यमन्त्री रुपाणी चक्कर लागेर ढलेका थिए ।
मुख्यमन्त्री मञ्चमै ढलेपछि कार्यक्रम रद्द गरिएको छ । उनी ढलेलगत्तै चिकित्सकहरुले मञ्चमै प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारपछि उनी आफैं सिँढीबाट तल ओर्लिएका थिए । आइतबार यो सभा मुख्यमन्त्री रुपाणी सहभागी तेश्रो सभा थियो । उक्त मञ्चमा सम्बोधन गर्नुअघि उनले तर्सली र करेलीबागमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
चिकित्सकहरुका अनुसार रुपाणीको स्वास्थ्यअवस्था अहिले ठिक छ । बल्ड प्रेसर कम भएर उनी ढलेको चिकित्सकहरुको भनाई छ । उपचारपछि उनी अहमदावादका लागि प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण