गुजरातका मुख्यमन्त्री भाषण गर्दागर्दै जब मञ्चमै बेहोस भएर ढले...

एजेन्सी । भारतको गुजरातका मुख्यमन्त्री विजय रुपाणी मञ्चमा भाषण गरिरहेका बेला बेहोस भएर ढलेका छन् । मुख्यमन्त्री रुपाणी आइतबार भाषण गर्दागर्दै बहोस भएर ढलेका हुन् । उनी त्यसबलो चुनावी प्रचारका क्रममा गुजरातको बडोदराको निजामपुरा पुगेका थिए । त्यहाँ आयोजित सभामा मन्तव्य राख्दा राख्दै मुख्यमन्त्री रुपाणी चक्कर लागेर ढलेका थिए ।
मुख्यमन्त्री मञ्चमै ढलेपछि कार्यक्रम रद्द गरिएको छ । उनी ढलेलगत्तै चिकित्सकहरुले मञ्चमै प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारपछि उनी आफैं सिँढीबाट तल ओर्लिएका थिए । आइतबार यो सभा मुख्यमन्त्री रुपाणी सहभागी तेश्रो सभा थियो । उक्त मञ्चमा सम्बोधन गर्नुअघि उनले तर्सली र करेलीबागमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
चिकित्सकहरुका अनुसार रुपाणीको स्वास्थ्यअवस्था अहिले ठिक छ । बल्ड प्रेसर कम भएर उनी ढलेको चिकित्सकहरुको भनाई छ । उपचारपछि उनी अहमदावादका लागि प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति