निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न
नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गत माघ २० गते नेकपाको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । आयोगले सरसर्ती त्यसबारे अध्ययन गरे पनि विवाद निरुपण गर्न कानुनी प्रक्रिया अघि बढाएको छैन ।
यस अवस्थामा सो कारणले गर्दा वैशाख १७ र २७ गते निर्वाचन हुनेमा सबैतिरबाट प्रश्न उठेको छ । यसैबीच आइतबार निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको छलफलमा सो पार्टीका नेता लीलामणि पोखरेलले यस्तो धारणा राखेका थिए ।
त्यो भनेको निर्वाचन प्रयोजनका निम्ति दलहरुको दर्ता र आयोगमा दलहरुको बारेमा विवाद आयो भने त्यसको निरुपण गर्ने हो । त्यसै गरी निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई शासनसत्ता सञ्चालन गर्ने प्रमाणसहित आधिकारिकता दिने हो। ‘यस्तो अवस्थामा आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिनँ भन्न मिल्दैन।’ –नेता पोखरेलको भनाइ छ ।प्रचण्ड–माधव पक्षले उठाएको सो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन् । ऐनअनुसार आधिकारिकता दाबी गरेपछि नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश भएको औपचारिक रुपमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायत आयुक्तहरुले बताउँदै आएका छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण