बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई सरकारी राहत दिने

मङ्गलबार, ०४ फागुन २०७७, ०६ : ३६
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौं । सरकारले कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने भएको छ । सरकारले आयोजनाको सर्वेक्षण अवधि, विद्युत खरीद विक्री सम्झौता, वित्तीय व्यवस्थापनलगायत विषयमा विभिन्न राहत दिने गरी निर्णय गरेको हो ।

कोरोना महामारीका कारण समस्यामा परेका जलविद्युत् आयोजनालाई राहत दिने विषयमा अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुख मधुप्रसाद भेटवालको सयोजकत्वमा एक समिति बनेको थियो । सोही समितिको कात्तिक २७ गते बुझाएको प्रतिवेदनका आधारमा ऊर्जा मन्त्रालयले गत हप्ता कोरोना प्रभावित जलविद्युत् आयोेजनाहरूलाई राहत दिने निर्णय गरेको हो । 

सहसचिव भेटवालले मन्त्रीस्तरबाट नै कोरोना प्रभावित आयोजनाहरूलाई राहत दिने निर्णय भएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   मिलन विश्वकर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप