बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हैरान छिन् भागरथीकी आमा

मङ्गलबार, ०४ फागुन २०७७, ०७ : १६
मङ्गलबार, ०४ फागुन २०७७

 

सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’

हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु ? छोरीको घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका मानिसलाई ही कुरा दोहोर्याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भनने अनुमान त्यहाँ जानेले गरेका होलान् ?’

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ गते शव फेला परेको थियो ।

शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेताकायर्कर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप