नेपालबारे भारतको सधैँ दुष्प्रचार
भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।
नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीतिज्ञ होइनन् । भारतको राजनीतिक वृत्तमा बौद्धिक र नेपाल मामिलाका विशेष जानकार राजनीतिज्ञको परिचय बनाएका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तक ‘द प्रेसिडेन्सिअल इअर्स’ मा समेत नेपालसम्बन्धी तथ्यहीन र दुष्प्रचारपूर्ण सामग्री समावेश छ । उनको पुस्तकमा नेपालका तत्कालीन राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूसमक्ष नेपाललाई भारतको एउटा प्रान्त बनाउन अनुरोध गरेको उल्लेख छ ।
भारतीय पक्षबाट नेपालको स्वाधीनता र सम्प्रभुतामाथि प्रश्न उठाउँदै दुष्प्रचार गर्ने काम विगतदेखि नै हुँदै आएको छ । विगतका केही घटना केलाउने हो भने त्यस किसिमका दुष्प्रचारलाई सघाउन भारतीय सञ्चारमाध्यमहरूको भूमिका अहम् रहेको पुष्टि हुन्छ । सन् २००० मा भारतको प्रतिष्ठित खबरपत्रिका इन्डिया टुडेले ‘द नेपाल गेम प्लान’ भन्ने लेख छाप्यो ।
भारतीय खुफिया एन्जेसी रअको रिपोर्टमा आधारित उक्त लेखमा नेपाललाई आतंकवादीको स्वर्गकै रूपमा चित्रण गरिएको थियो । त्यस रिपोर्टमा आधारित भएर पत्रिकाले सुशील कोइरालालगायत नेपाली राजनीतिज्ञदेखि केही चिनिएका पत्रकारलाई समेत पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग सम्बन्ध रहेको लेखेको थियो । तर, उक्त लेखका विषयमा पनि नेपालले कुनै प्रतिवाद गरेन ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण