अमित साहको अभिव्यक्तिप्रति नेपाल सरकारको आपत्ति
भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विप्लव देको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ । देवले भाजपाका नेता एवम् गृहमन्त्री साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालले भाजपाका नेताको अभिव्यक्तिप्ति आपत्ति प्रकट गरिसकेको पुष्टि गरेका छन् । उनलाई मेन्सन गरिएको ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै ज्ञवालीले औपचारिक रुपमै भारतीय पक्षलाई नेपालको असहमति सन्देश पठाइसकेको बताएका छन् । उक्त विषयमा राजदूत आचार्यले भारतीय बाह्य मामिला मन्त्रालयका सहसचिव अरिन्दम बाक्चीमार्फत ध्यानाकर्षण गराएका छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण