देशभित्र एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात
२५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन।
यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् । मुलुकमा भने भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात भइरहेको छ ।
प्रसारण लाइन नपुग्दा सिंगटी जलविद्युत आयोजनाले एक वर्षको अवधिमा ७० करोड रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्नु परेको छ । असारमै परीक्षण प्रशारण गरेको यो आयोजना सबैभन्दा नोक्सान बेहोर्नेमा देखिएको छ ।
जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले समयमै प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा जलविद्युत् क्षेत्रमा लगानी गरेको निजी व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण