भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका
१० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरि वार का टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् ।
जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओ छ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा दलित बालिकाको हो ।
विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको उपचार अभावमा तीन वर्षअघि मृत्यु भयो । रो गी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् । गाउँमा अन्नपात माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँच वर्षीया कान्छी छोरी र मिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।
दलित भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।
पोहोर साल फुसले छाएको घर भत्केपछि आफ्नै पहलमा मर्मत गरि दिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहरा बताउँछन् । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाहीँ छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा छैनन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण