नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु
बुधबार, ०५ फागुन २०७७, १३ : १७
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन राजधानीमा उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक समारोहबीच महासंघको २६ औं महाधिवेशन उद्घाटन गरेका हुन् । २६ औं महाधिवेशनका लागि महासंघले ‘प्रेस स्वतन्त्रताका आधार: सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नारा अघि सारेको छ । महाधिवेशनकै क्रममा महासंघले विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको छ ।
उद्घाटनसत्रपछि बुधबार नै बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा महासंघका महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ । महासंघको नयाँ विधानअनुसार केन्द्रीय महाधिवेशन सकिएको एक महिनाभित्र महासंघका केन्द्र, प्रदेश र शाखा गरी तीनवटै तहको नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । महासंघका सबै शाखामा एकैदिन नयाँ कार्यसमितिका लागि मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण