आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

बुधबार, ०५ फागुन २०७७, १३ : १७
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन राजधानीमा उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक समारोहबीच महासंघको २६ औं महाधिवेशन उद्घाटन गरेका हुन् ।  २६ औं महाधिवेशनका लागि महासंघले ‘प्रेस स्वतन्त्रताका आधार: सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नारा अघि सारेको छ । महाधिवेशनकै क्रममा महासंघले विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको छ ।

उद्घाटनसत्रपछि बुधबार नै बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा महासंघका महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ । महासंघको नयाँ विधानअनुसार केन्द्रीय महाधिवेशन सकिएको एक महिनाभित्र महासंघका केन्द्र, प्रदेश र शाखा गरी तीनवटै तहको नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । महासंघका सबै शाखामा एकैदिन नयाँ कार्यसमितिका लागि मतदान हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप