प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको उल्लेख गर्दै नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले साइगोकोका कार्यकालमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका खेलेको भन्दै राजदूत साइगोको प्रसंशा गरेका थिए । भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपाल सरकारको तर्फबाट भएको सहयोगको प्रसंशा गर्दै आभार प्रकट गरेका थिए । राजदूत साइगोले आफ्नो २ वर्ष ९ महिनाको कार्यकाल पुरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीसँग बिदाई भेट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण