भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।
घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए ।
ती छात्रले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उनले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्यले अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।
यता, प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् । एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना काम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गनुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण