सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण
कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ ।
‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो ।
स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए।
‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उनले भनिन्,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उनले बताइन् ।
उनले भनिन्,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेकुरा नहुँदा विशेष गरी बालबालिकालाई कुषोषण भएको पाइएको छ ।
बालबालिकामा कुपोषण हटाउनका आमालाई जानकारी दिने कार्यक्रम सञ्चालनमा रहेको उपाध्यक्ष बुढाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलविद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण