मुख्यमन्त्री पोखरेलले भने- ‘घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउने गृहकार्य गर्दैछौं’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका दुईवटा उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् । घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घोराही र तुलसीपुर उपमहानगरलाई गाभेर महानगरपालिका बनाउने गरि सबै तयारी सुरु गरिएको बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पोखरेलले यसअघि नै प्रदेशमा दाङ, बुटवल र नेपालगञ्ज गरेर तीनवटा उपमहानगर बनाउने नीति तथा कार्यक्रममा घोषणा गरेका थिए । ‘विकासको प्रकृयालाइ अघि बढाउन दाङको घोराही, तुलसीपुरलाई मिलाएर हामीले महानगर बनाउने गृहकार्य सुरु गरिसकेका छौं, यसलाई प्रकृयागत रुपमै टुङ्ग्याउछौं’ घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई छेउमा राखेर पोखरेलले भने ।
दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने कुरा केही महिनादेखि चर्चामा आएको थियो । महानगर बनाउने क्रममा घोराही र तुलसीपुरका मेयरले सकारात्मक प्रतिकृया दिँदै मुख्यमन्त्रीले ल्याएको योजनालाई सघाउने तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेल पनि महानगरपालिका बनाउने सवालमा उत्साहित भएर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृत्रिम आँखा राखेपछि के भन्छिन् गायिका मेनुका ?
-
सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला
-
अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै काममा फर्किइन् भारती सिंह
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
-
एक वर्षमा राष्ट्र बैंकले गर्यो ३ हजार ७६ उजुरीको सम्बोधन
-
एक महिना भित्र ऋण असुली न्यायाधिकरण गठन गर्छौ : सचिव दवाडी