अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उनले बताए ।
रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण