अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उनले बताए ।
रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यस्ता सङ्केत
-
बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण
-
आर्सनलका गोलकिपरलाई ‘गोल्डन ग्लोब’
-
टी-२० विश्वकप : अमेरिकाको टोलीमा न्युजिल्याण्डका लागि विश्वकप खेल्ने खेलाडी
-
वेस्ट इन्डिजको विश्वकप टोलीमा नेपाल भ्रमणमा रहेका खेलाडी पनि समावेश
-
भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् : अध्यक्ष साह