ग्लोबल आइएमई बैङ्कबाट चितवनको ट्राफिक जरिबाना भुक्तानी सेवा सुरु
शुक्रबार, ०७ फागुन २०७७, १७ : १७
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैङ्क र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैङ्कका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरे । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैङ्कले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
बैङ्कका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैङ्कले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण