हिंसाविरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक छः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताएका छन् । शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसा विभिन्न रुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन् ।
परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालकालिकामाथि हुने घट्ना दोहोरिने खतरा हुने उनको भनाई छ । राज्यको अंगहरुमा ३३ प्रतिशत महिला सहभागिता पर्याप्त नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले महिला सहभागितालाई राज्यको अंगहरुमा जनसंख्या आधारमा प्रतिबिम्ब हुनेगरी पु¥याउनुपर्ने जरुरी रहेको पनि बताए ।
मन्त्री ज्ञवालीले विस्तृत शान्ति सम्झौताको अक्षर र भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार लगायतलाई आधार बनाएर संक्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको पनि बताए । बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐनमा समयानुकुल संशोधनका लागि सहमती जुटाउन पनि सरकारले पीडितहरुसँग छलफल गरिरहेको उनको भनाई छ ।
मन्त्री ज्ञवालीले मानव अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने क्षेत्रमा नेपालले निरन्तर सफलता हासिल गरिरहेको समेत बताए । सरकारका सबै निकायहरुले मानव अधिकारको स्प्रिटलाई ध्यानमा राखेरै काम गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण