सेयर बजार सामान्य, अपर तामाकोशीको सेयर मूल्य सर्किट लाग्ने गरी बढ्यो
काठमाडौं । नेप्से परिसुचक ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा १० प्रतिशतले मूलय वृद्धि भएको छ । यसको सेयर प्रतिकित्ता ५ सय ३९ रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ ।
यता शिवश्री हाइड्रो पावरको पनि सेयर मूलय १० प्रतिशतले बढेर प्रतिसेयर १ सय ८९ रुपैयाँ पुगेको छ । यस्तै सबैको ध्यान खिचेको नेपाल इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यसको प्तिसेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य लगातार बढिरहेको छ ।
आजको बजारमा बैकिङ समूह, नीर्जिवन बिमा, फाइनान्स, लघुवित्त, जीवन बिमा समूहमा गिरावट आएको छ भने बाँकी रहेका सबै समुहमा बृद्धि भएको छ । आज नेपाल बैंकको सबैभनदा बढी सेयर खरिद बिक्रि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण